आज:  | Fri, 29, Mar, 2024

प्रदिप,अशलेसाको जोडी अब अश्ट्रेलियाको सिड्नीमा…

२०७४, ३ माघ बुधबार १७:१३ मा प्रकाशित ( ६ साल अघि) ३४६३० पाठक संख्या

वर्ष २०१७ को निकै नही सफल चलचित्र प्रेम गित २ अव  सिड्नी बाट प्रदर्शन सुरु हुदैछ । नेपाल सँगै विभिन्न देशमा एक साथ रिलिज भएको चलचित्र लाई दर्शकले अत्याधिक रुपमा मन पराई सुपरहिट भएको थियो ।

ईभेन्ट आयोजक कलिउड क्लबले चलचित्रको सिड्नी प्रदर्शन व्यवस्था मिलाएको हो । चलचित्र फेब्रुअरी महिना भरि सिड्नी लगायत का सहरमा चलचित्र प्रदर्शन गरिने क्लबले जनाएको छ ।

प्रदीप खड्का,अशलेसा ठकुरी अभिनित चलचित्रको डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी अमेरिका र नेपालले लिएको हो ।  यसको पहिलो शो फ्रेब्रुअरी ३ तारिखमा हर्षभिलको सिभिक थियटरमा हुने कलिउड क्लबका निर्देशक श्यामसुन्दर गिरीले जानकारी दिए । रामसरण पाठक दृारा निर्देशन गरिएको प्रेम गीत २ आसुसेन फिल्मस् कम्पनी को तेस्रो चलचित्र हो जस्लाई सन्तोष सेन ले निर्माण गरेका हुन् ।

 

खबर एक्सप्रेस