आज:  | Fri, 22, Mar, 2024

भारत किर्केट टिमको लाजमर्दो हार । दोश्रो खेलसम्म यस्तो नतिजा..

२०७४, ३ माघ बुधबार ११:२३ मा प्रकाशित ( ६ साल अघि) ३७३६१ पाठक संख्या

माघ ४,आकु चिन्ता_ भारतसँगको टेस्ट श्रृंखला दक्षिण अफ्रिकाले जितेको छ ।

दोस्रो टेष्टमा १ सय ३५ रनले विजयी हुँदै दक्षिण अफ्रिकाले ३ टेष्टको श्रृंखला २–० ले आफ्नो पोल्टामा पारेको हो । दोस्रो टेष्टमा २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमा अलआउट भयो । दोश्रो पालीमा भारतका रोहित शर्माको ४७ रन नै भारतीय ब्याट्सम्यानको सबैभन्दा ठुलो स्कोर बन्यो ।

अफ्रिकाले पहिलो पालीमा ३ सय ३५ र दोस्रो पालीमा २ सय ५८ बनाएको थियो । भारतले भने पहिलो पालीमा ३ सय ७ रन बनाएको थियो ।

 

यस्तै मोहम्मद सामीले २८ तथा पार्थिव पटेल र चेतेश्वर पुजाराले समान १९ रन बनाए । पहिलो पालीमा शतक हानेका विराट कोहली ५ रनमा आउट भए । सेन्चुरिएनमा ३ विकेट गुमाएर ३५ रनको अवस्थाबाट आज अन्तिम दिनको खेल थालेको भारतले १ सय १६ रन बनाउँदा थप ७ विकेट गुमायो । भारतलाई १ सय ५१ रनमा अलआउट गर्न दक्षिण अफ्रिकाका लुंगी जिदीले ६ विकेट लिए । दक्षिण अफ्रिका पहिलो टेष्टमा पनि जितको लागि २ सय ७ रनको लक्ष्य पछ्याएको भारत १ सय ३५ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले भारतलाई ७२ रनले हराएको थियो । यी दुइ देशबिचको तेस्रो तथा अन्तिम टेष्ट २४ जनवरीमा हुनेछ ।

खबर एक्सप्रेस