आज:  | Fri, 22, Mar, 2024

आसुसेनले गर्यो खुल्ला लगु चलचित्र प्रतियोगिता

२०७४, १ माघ सोमबार ११:०२ मा प्रकाशित ( ६ साल अघि) ४११०७ पाठक संख्या

सबै कथाहरु आफैमा उत्कृस्ट हुन्छन, कथाहरुले कसैका सम्झना बोकेका हुन्छन, मानिसका भावना देखि इतिहासका गाथा सबै कथा मै भेटिन्छन ।
आसुसेन फिल्म्सले बिगतका दिनहरुबाटै नया प्रतिभालाइ चलचित्र क्षेत्रमा मौका दिदै अगाडी बढाइरहेको छ, अहिले पनि हामीले नया प्रतिभालाइ चलचित्र क्षेत्रमा अगाडी बढाउने उद्यश्यका साथ् ए. एस. एफ. लघु चलचित्र प्रतियोगिता आयोजना गर्दैछौ ।

हामीले य. यस. एफ. लघु चलचित्र प्रतियोगितालाइ दुइ चरणमा विभाजन गरेका छौं, पहिलो चरणको प्रतियोगितामा स्क्रिप्ट/ स्टोरिलाइनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो चरणमा चलचित्रहरु बीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो चरणमा प्रतियोगीहरुले आफ्नो चलचित्रको स्क्रिप्ट फाल्गुन १ सम्ममा आसुसेन फिल्म्सको मेल आइडी ‘aasusenfilms@gmail.com’ मा पठाइसक्नु पर्ने छ, वा आसुसेन फिल्म्सको कार्यालयमा आएर बुझाउन पर्नेछ । पहिलो चरणको परिणाम फाल्गुन १५ मा प्रकाशित गरिनेछ । पहिलो चरणको प्रतियोगीताको निर्णयाक मण्डलमा नेपालका प्रसिद्ध पटकथा लेखक साथै आसुसेन फिल्म्सका कर्मचारी बस्नुहुनेछ । पहिलो चरणको प्रतियोगिता बाट उत्कृस्ट १० प्रतियोगी छानिनेछ, र उत्कृस्ट १० लाइ चलचित्र निर्माणका लागि जनही रु. पच्चिस हजार प्रदान गरिनेछ ।

चलचित्र निर्माणका लागि उत्कृस्ट १० प्रतियोगिलाई रकम हस्तान्तरण गरिसकेपछि, चलचित्र निर्माणका लागि २ महिनाको समय दिइनेछ । त्यसैबीच प्रतियोगीहरुलाई चलचित्र निर्माण सम्बन्धि तालिम पनि दिइनेछ । प्रतियोगीले आफ्नो चलचित्र बैशाखको १५ गते सम्म बुझाइसकेपछी, उक्त चलचित्र आसुसेन फिल्म्सको युट्युब च्यानल मार्फत अपलोड गरिनेछ ।

२०७५ भाद्र १३ गते प्रितियोगिताका बिजेताहरु निर्णायक मण्डलबाट छानिनेछन साथै बिजेताहरुलाइ ५ भिन्नाभिन्न्नै विधामा पुरस्कार दिइनेछ, निर्णायक मण्डल बाट उत्क्रिस्ट कलाकार, उत्क्रिस्ट पटकथा, उत्क्रिस्ट निर्देशक र उत्क्रिस्ट चलचित्रलाइ पुरस्कृति गरिनेछ भने जुन चलचित्रको युट्युबमा सबै भन्दा बढी हेरिनेछ, उक्त चलचित्रलाइ ‘पब्लिक चोइस’ अवार्ड दिइनेछ । बिजेता सबैलाइ आसुसेन फिल्म्स प्रोडक्सनबाट आगामी दिनमा निर्माण हुने चलचित्रहरुमा काम दिइनेछ ।

खबर एक्सप्रेस