आज:  | Tue, 23, Apr, 2024

‘प्याड म्यान’ र ‘पद्मावत’ का कारण ‘अय्यारी’ स्थगित

२०७४, ३० पुष आईतवार १४:३० मा प्रकाशित ( ६ साल अघि) ३६९७८ पाठक संख्या

निर्देशक निरज पाण्डे निर्देशीत हिन्दी चलचित्र ‘अय्यारी’ स्थगित भई माघ २६ (फेब्रुअरी ०९) गते आउने भएको छ। मनोज बाजपेयी र सिध्दार्थ मल्होत्रा अभिनित ‘अय्यारी’ यही माघ १२ (जनवरी २६) मा आउने भनिएको थियो पहिले।

निर्देशक निरज पाण्डेले ‘अय्यारी’ को नयाँ प्रदर्शनी मिति ट्वीटरमार्फत भने, “Looks like you’ll have to wait a couple of weeks longer to witness our #Aiyaary. Now in cinemas on February 9”

निर्माताहरुले ‘अय्यारी’ चलचित्र बलिउडका दुई ठूला चलचित्र, ‘पद्मावत’ र ‘प्याड म्यान’ सँग जुध्ने डरले प्रदर्शनी मिति सारेको देखिन्छ। माघ ११ (जनवरी २५) गतेका दिन बलिउडका बहुप्रतिक्षित चलचित्र ‘पद्मावत’ र ‘प्याड म्यान’ प्रदर्शन हुँदैछ। मंसिर १५ (डिसेम्बर १) गते नै प्रदर्शनमा आउन पर्ने संजयलिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्मावती’ कुनै कारणवश सेन्सर बोर्डले चलचित्रको नाम ‘पद्मावत’ मा परिवर्तन नगरे प्रदर्शनको अनुमति नदिने भनिएपछि निर्माण पक्षले चलचित्रको नाम ‘पद्मावत” मा परिणत गरेका हुन्। त्यसकारण ‘पद्मावत’ तोकिएको मितिभन्दा धेरै पछि प्रदर्शनमा आउन लागेको हो। त्यसैगरी बलिउडका खिलाडी अक्षय कुमार अभिनित ‘प्याड म्यान’ पनि सोही दिन प्रदर्शनमा आउने भएको छ।

‘अय्यारी’ को नयाँ प्रदर्शनी मिति व्यापार विश्लेषक तारण आदर्शले पहिले नै बताएका थिए तथापि, सिध्दार्थ मल्होत्राले समाचार एजेन्सीलाई बताए, “हामीले आधिकारिक रूपमा कुनै निर्णय गरेका छैनम्। मलाई लाग्छ कि हामी माघ १२ (२६ जनवरी) मा आउँदैछौँ। हामी निर्णय गर्नेछौं र चाँडै घोषणा गर्नेछौं।”

खबर एक्सप्रेस