आज:  | Wed, 17, Apr, 2024

केवल दुई ब्लकबस्टरहरू, २०१७ मा लगभग ९०% बलिउड चलचित्रहरू फ्लप

२०७४, २९ पुष शनिबार १०:२९ मा प्रकाशित ( ६ साल अघि) ४१८८४ पाठक संख्या

वर्ष २०१७[tps_footer][/tps_footer] ले अहिलेसम्म कै धेरै संकलन गर्ने भारतीय चलचित्र – ‘बहुबली २: दि कन्क्लियुजन’ दिएता पनि, अधिकांश हिन्दी चलचित्रले बक्स अफिसमा सफलता हासिल गर्न निकै संघर्ष गरे।

हिन्दी डब्ड चलचित्र – ‘बहुबली २’ र ‘टाइगर जिंदा है’ बाहेक कुनै पनि चलचित्रले ब्लकबस्टर ट्याग पाएनन्। आश्चर्यजनक कुरा, २०१७ मा रिलिज भएका २८६ बलिउड चलचित्रमध्य २५७ वटा चलचित्र फ्लप घोषित गरिएको थियो। अन्य २९ वटा चलचित्रहरु भने ‘हिट’, ‘अर्ध-हिट’ (सेमि-हिट) र ‘ब्रेक-ईभन’ वर्ग भित्र पर्दछन्।

‘गोलमाल अगेन’, ‘बद्रिनाथ कि दुल्हनिया’ र ‘सिक्रेट सुपरस्टार’ हरु सफल भएका थिए भने अक्षय कुमार अभिनित ‘जली एलएलबी २’ र ‘टोइलेट: एक प्रेम कथा’, डेभिड धवलको ‘जड्वा २’ र अन्य तीन चलचित्रहरु अर्ध-हिट थिए।

२८६ रिलिजहरुको सूचीमा ५९ वटा डब्ड हिन्दी, एक एनिमेसन, चार डब्ड एनिमेसन र तीन अङ्ग्रेजी चलचित्रहरू पर्दछन्।

२०१७ को बक्स अफिस रिजेक्टको लामो सूचीमा केही ठूला नामहरु ‘ओके जानु’, ‘रङ्गुन’, ‘काबील’ हुन्। सलमान खान अभिनित ट्युबलाइट र शाहरुख खान – अनुष्का शर्मा अभिनित ‘जब हेरी मेट सेजल’ ले पनि गत वर्ष ठूलो पैसा कमाउन सकेन।

खबर एक्सप्रेस