आज:  | Wed, 17, Apr, 2024

निशान भट्टराईको नयाँ गित

२०७४, २७ पुष बिहीबार १२:३१ मा प्रकाशित ( ६ साल अघि) ४००५४ पाठक संख्या

गायक निशान भट्टराईको नयाँ गित चाडैँ नै बजारमा आउँदैछ। उनले स्टुडियोमा रेकर्ड गर्दाको एउटा सानो अनअफिसियल भिडियो बाहिरिएको छ।

रेकर्डिङ सक्किएपछि सँगितकार आनन्द राईसँग गायक निशान भट्टराई

कम समयमै सर्वाधिक चर्चा बटुलेको गायक निशान भट्टराई नेपाल आईडलको प्रतिस्पर्धाबाट नेपाली दर्शकमा छाएका हुन्। नेपाल आईडलको फिनालेसम्म पुग्न सफल भट्टराई देश विदेशको विभिन्न साना ठूला कन्सर्टमा स्टेज तताउदैमा व्यस्त छन्। यहिँ कारणले पनि उनको आफ्नै गित रिलिज गर्न निकै समय कुर्न परेको छ। अब भने निशानका फ्यानहरुले धेरै समय कुर्न पर्ने छैन। उनले आफ्नो नयाँ गित रेकर्डिङ २९ डिसेम्बरका दिन सकेका छन् र चाँडै नै बजारमा उपलब्ध हुनेछ।

आउदै गरेको ‘आफ्नै छाया सँग पनि’ गितको पहिलो झलक

गितको बोल ‘आफ्नै छाया सँग पनि’ रहेको छ। प्रदिप चापागाईंको शब्द रहेको, आनन्द राईको सँगितमा र गोपाल रसाइलीको सँगित संयोजनमा निशान भट्टराईले आफ्नो स्वर दिएका छन्।

आधिकारिक गित भने सार्वजनिक भएको छैन, गित र म्युजिक भिडियो सँगै सार्वजनिक गर्ने भनिएको छ। अहिलेलाई भने गायक/गितकार प्रदिप चापागाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत यस गितको म्युजिक भिडियोको पहिलो झलक सार्वजनिक गरेका छन्। आउन लागेको यस म्युजिक भिडियो निशान भट्टराईको डेब्यु हुनेछ।

 

खबर एक्सप्रेस