आज:  | Mon, 15, Apr, 2024

बलिउड सुपरस्टार तीन खानहरुको फ्लप चलचित्र

२०७४, २५ पुष मंगलवार ११:०४ मा प्रकाशित ( ६ साल अघि) ३७७५६ पाठक संख्या

बलिउडमा तीन खानहरुलाई सुपरस्टार मानिन्छ। अधिकांश फिल्महरु जहाँ आमिर खान, सलमान खान र शाहरुख खान सामेल हुन्छन् ती फिल्महरु व्यवसायिक रुपमा सफल हुन्छन्। आज पनि वितरकहरू उनीहरूको फिल्म किन्नको लागि संकोच गर्दैनन्। उनिहरूको फिल्म सफल हुन्छ भन्ने निश्चित भएको कारण निर्माताहरु पनि लगानी गर्न गाह्रो मान्दैनन्।

यद्यपितिनीहरू बलिउडका सुपरस्टार हुन् र उनिहरूको फिल्म लगातार हिट हुन्छन् तरपनि केही फिल्महरु भने त्यत्ति भाग्यशाली हुदैनन्। यो १० वर्षमा, तीन खानहरुको सम्पूर्ण फिल्म गरेर ४४ वटा फिल्म रिलिज भए। ती ४४ फिल्महरु मध्य, सलमान खानको २१ फिल्महरुमा ९ वटा सुपर फ्लप भए उ बलिउड बादशाह शाहरुख खानको ३ वटा फिल्मले बक्स अफिसमा कुनै जादु देखाउन सकेन भने आमिर खानको २ वटा फिल्महरु पनि असफल रह्यो।

सलमानखानको असफल फिल्महरु सलाम-ए-इश्क, मेरीगोल्ड, मेँ अर मिसेस खन्ना, गड तुस्सी ग्रेट हो, हिरोज, युभराज, लन्डन ड्रिम्स, विर र ट्युबलाइट थिए। शाहरुख खानको १५ वटा फिल्म मध्य बिल्लु, फ्यान र हेरी मेट सेजल त्यति सफल थिएनन्। र आमिर खानको ८ वटा मध्य असफल २ वटा फिल्महरु धोबिघाट र तलाश थिए।

खबर एक्सप्रेस