आज:  | Fri, 22, Mar, 2024

डा. गुलाटी राजधानीमा, ओम नम शिवायः भन्दै पशुपति पुगे‌, ग्रोभरको सोल्टी होटलमा प्रस्तुती

२०७४, २२ पुष शनिबार ०५:५९ मा प्रकाशित ( ६ साल अघि) ३२३६६ पाठक संख्या

भारतको चर्चित टि. भी. सो ‘द कपिल शर्मा शो’ बाट डा. मसुर गुलाटी भनिएर प्रख्यात भएका भारतीय स्ट्यान्ड अप कमेडियन सुनिल ग्रोभर नेपाल आईपुगेका छन्। नेपालमा हुन गइरहेको एक कर्पोरेट शोमा सहभागी हुन उनी नेपाल आएका हुन्।

सुनिल ग्रोभर डा. गुलाटीको पोषाकमा

शो सुरु हुन एक दिन अघि जनवरी ४ गते उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक तस्विर सार्वजनिक गरेका छन्, जहाँ उनी गेरुवस्त्रधारी बाबासँग उभिएका छन्‌। यो तस्वीरले बताउछ की उनी नेपाल आएलगत्तै पशुपतिनाथ मन्दिर पुगेका थिए।

सुनिल ग्रोभरले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीर

उनलाई नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिने यस कर्पोरेट सोमा निम्ता गरिएको थियो । सो सोमा सुनिल ग्रोभरसँगै नेपाली कलाकारहरू गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्कागायतले आफ्नो प्रस्तुति दिएका छन् । स्वस्तिमा खड्का २ रुपैयाँ चलचित्रको ‘कुटुमा कुटु’ गीतमा नाचेकी थिइन् भने हेमन्तले ‘साइली…’ गाएका थिए ।

सोल्टी होटलमा आफ्नो प्रस्तुती दिदै सुनिल ग्रोभर

जनवरी ५ गते सोल्टी होटलमा सम्पन्न भएको सो शोमा सुनिल ग्रोभरले आफ्नो राम्रो प्रस्तुती दिई सबैलाई निकै मनोरञ्जन दिन सफल भएका थिए।

खबर एक्सप्रेस