Connect
To Top
508 Views

कृ र सत्रुगतेका गीतमा बलिवुड प्रभाब

चलिचित्र सत्रुगतेको ‘रुपै मोहनी’ र चलिचत्र कृको ‘यति यति पानी’ यो हप्ता युट्युब मार्फत रिलिज भए । रिलिज भएदेखि नै दुबै गीतले युट्युब ट्रेन्डिङमा आफ्नो स्थान सुरक्षित गरेका छन, यति यति पानी अहिले ट्रेन्डिङको शिर्ष स्थानमा छ भने रुपै मोहनी दोस्रो । गितहरु भिन्नाभिन्नै छन एउटा पार्टि सङ्ग छ भने अर्को भजन शैलीमा छ । तर, दुबै गीतमा एउटा समानता छ त्यो हो बलिवुडको प्रभाब ।

रुपै मोहनीको सङ्गीत तथा शब्द भजन शैली भएपनी दृश्य भने बलिवुडको बिहेमा नाचिने गीतमा जस्तै छ । कलाकारहरुले लगाएका कपडा देखि, लाइटिङ सम्म सबै उतैबाट नक्कल गरिएको छ । के हाम्रो नेपाली संस्कृति यति खोक्रो भैसकेको हो र ? प्रश्न यहाँ उठ्न जरुरी छ ।

उता कृको ‘यति यति पानी’को हालत पनि उस्तै छ । पार्टी सङ्गको नाममा सबि कुरा बलिवुडमा प्रभाभित छ  डान्सस्टेप देखि धेरै कुरा बरुन धवनले नाचेको स्याटर्डे बाट एकदमै प्रभाभित छन । के हामीसङ्ग कलात्मक क्षमताको कमि भएकै हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिक्रिया

More in समाचार