आज:  | Sun, 14, Apr, 2024

साम्राज्ञीको दोस्रो पटक नी भिसा रिजेक्ट, रोकियो ‘ईन्टु मिन्टु लण्डनमा’को सुटिङ

२०७४, १८ पुष मंगलवार ११:२५ मा प्रकाशित ( ६ साल अघि) ३८३७६ पाठक संख्या

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले दोश्रो पटक पनि पत्याएनन् । उनले लण्डनको लागि दोश्रो पटक भिसा अप्लाई गरेकी थिईन् । तर बेलायतले उनलाई दोश्रो पटक पनि रिजेक्ट गरिन् । नागरिकतामा रहेको नामकै कारण उनको भिसा नलागेको स्रोतको दावी छ । यता साम्राज्ञीको भिसा नलागेपछि फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ लाई असर परेको छ ।

अंग्रेजी नयाँ बर्षको रौनकको दृष्य लण्डनमा छायांकन गर्नुपर्ने फिल्म युनिटको सपना अधुरो भएको छ । साम्राज्ञी जान नपाउने भएपछि फिल्मको छायांकन हुन नसकेको हो । साम्राज्ञीको भिसााको टुङ्गो नलागेपछि अहिले फिल्मका निर्देशक रेनाशा वान्तवा राई तनावमा परेकी छिन् । अब फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’को अन्यौल थपिएको छ । बुझिए अनुसार निर्माण टिमले साम्राज्ञीको ठाउँमा अर्को नायिकाको खोजी गरिरहेको छ ।

जे होस् लण्डनमै गएर साम्राज्ञीको सिनहरु सुट गर्न भने फिल्मका निर्माण टिमले नसक्ने भएका छन् । यस कारण फिल्मका निर्माण टिमलाई चूनौती थपिएको छ । फिल्मको नाम परिवर्तन गरि नेपालमै छायांकन, की नायिका परिवर्तन । दुईमा एक उपाय फिल्म निर्माण टिमले खोज्नु पर्ने समस्या देखिएको स्रोतको दावी छ । हाल छायांकन शुरु हुन नसकिएको फिल्मको छायांकन कहिले र कसरी हुने हो त्यो केही समयमा थाहा हुनेछ । यहि फिल्मबाट नृत्य निर्देशक रेनाशा वान्तवा राई फिल्म निर्देशकको रुपमा डेब्यु गर्दैछिन् ।

खबर एक्सप्रेस