आज:  | Mon, 15, Apr, 2024

आयुष्मानको इन्स्टाग्राम ह्याकरले सेक्स च्याट सार्बजनिक गर्दिने धम्की

२०७४, १५ पुष शनिबार ०४:०० मा प्रकाशित ( ६ साल अघि) ४१३८९ पाठक संख्या

आकर्षक बडि र स्टाईलका कारण युवतिहरुमाझ लोकप्रिय बनेका आयुष्मान देशराज जोशिको ईन्टाग्राम एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट ह्याक मात्र हैन, ह्याक भएको ३ दिन नहुदै सेक्स च्याट सार्बजनिक गर्दिने धम्की आउन थालेको छ । ईन्टाग्रामकै एक अपरिचित आईडिबाट उनलाई ‘‘अबको केही समयमै तिम्रो सबै सेक्स च्याट सार्वजनिक गरिदिनेछु ।’ भनेर लेखिएको छ । तर हाल भने उक्त एकाउन्टमा यो पोस्ट देखिदैन ।

चपली हाईट २’ बाट नेपालि सिने उद्योगमा प्रवेश गरेका नायक आयुषमान देसराजले ३ दिन अघि फेसबुकमा आफ्नो ईन्टाग्राम एकाउन्ट ह्याक भएको र रिकभर गर्ने प्रयास गर्दा सफल नभएको भन्दै हेल्प पोस्ट गरेका थिए । यसरी हेर्दा उनको ईन्टाग्राम एकाउन्टको सम्पुर्ण डाटा हरु अर्कैको हातमा परेको र अहिले यस्तो कुरा सार्वजनिक भएको सजिलै अनुमान लगाउन सकिन्छ । इन्स्टा ह्याक पछि निकै तनाबमा रहेका जोशिको ईन्टाग्राम आईडी नाम पनि परिवर्तन गरेर बलिउड नायिकाको नाम ‘क्याट्रीना कैफ’ राखिएको छ ।

जस्मा क्याट्रीनाकै तस्बिर प्रोफाईल फोटो छ भने त्यस्पस्चात एक भिडियो र अनुहार नदेखिने एक तस्बिर अप्लोड गरिएको छ । बाकी पुराना केही तस्बिरहरु साथै आफ्नो र प्रीयंका परिवार संगै भर्खरै बर्थ डे सेलिब्रेसन गर्दाको पोस्ट र तस्बिरहरुलाई पनि उक्त ह्याक भएको ईन्टा आईडी बाट हटाईएको छ । पछिल्लो समय प्रीयंका कार्की संग खुलमखुल्ला प्रेममा रहेका जोशीका केही युवती फ्यानहरु भड्किएको सहजै अनुमान लगाउन सकिन्छ । सायदै यसैको प्रतिफल आयुष्मानले पाएका हुन् कि ।

खबर एक्सप्रेस