आज:  | Mon, 25, Mar, 2024

ओरालो लाग्दै दयाहाङ्ग राई ।।

२०७४, १३ पुष बिहीबार ०९:४८ मा प्रकाशित ( ६ साल अघि) ३४४२३ पाठक संख्या

भोजपुर जिल्लामा एक सामान्य परिवारमा जन्मिएका दयाहाङ्ग राइको अभिनय क्षेत्रमा कुनै रुचि थिएन । तर काठमाडौ आइसकेपछी उनी आफ्ना काका संग बस्न थाले । उनका काका नाटक हेर्न गैरहन्थे, काका संगै नाटक हेर्न जाँदै गर्दा उनलाइ पनि अभिनय प्रती रुचि बढ्दै गयो । बिस्तारै नाटक हरु निर्देशन गर्दै अभिनय पनि गर्न थाले दायाहाङ राइले ।

 

उनको फिल्मी यात्रा ‘मेरो एउटा  साथी छ’ बाट सुरु गरे, जुनमा उनले एउटा सानो भुमिका निभाएका थिए । उनिलाइ स्थापित गराउने चलचित्र भने लुट भयो । लुट को गोफ्लेले उनिलाइ एकदमै परिचीत गरायो । दर्शक मात्र नभएर चलचित्रकर्मीले एकदमै आशा राखेका  थिए दयाहाङ्ग राई बाट । बिस्तारै उनिले धेरै चलचित्रमा अभिनय गर्दै गए, कुनै राम्रा साबित भए कुनै नराम्रा । बिगत केेही समय देखीभने उनका राम्रा भन्दा नराम्रा चलचित्रहरु मात्रै प्रदर्शनमा आएका छन । भर्खरै मात्र ह्यााप्पी डेजको ट्रेलर आएको छ र ट्रेलर हेर्दा दयााहाङ्ग रााइबाट आशा राख्नु भन्दा नराख्नु नै उचित देखिन्छ । त्यति राम्रा दयाहाङ्ग खोइ किन ओरालो लाग्दैछ्न, भोलीका दिनहरुमा उनले आफुलाइ सुधारेनन भने उनको पतन हुने निश्चितनै देखिन्छ ।

खबर एक्सप्रेस