आज:  | Wed, 17, Apr, 2024

केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’ हुँइक्याउने मिति

२०७४, ५ मंसिर मंगलवार १२:१८ मा प्रकाशित ( ६ साल अघि) ४२९८४ पाठक संख्या
नायिका केकी अधिकारी हरेक फिल्म र भूमिकालाई पर्दामा परिपक्व तरिकाबाट निर्वाहा गर्न खप्पिस छिन् । ‘स्वर’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी केकीले पहिलो पटक फिल्म निर्माणमा हात हालेकी छिन् । ‘कोहलपुर एक्सप्रेस’बाट उनी निर्मात्री बन्दैछिन् । हाल यो फिल्मको छायांकन बाँके जिल्लामा धमाधम धैरहेको छ ।
पछिल्लो समय नेपाली निर्माताहरु सोलो रिलिजको मौका छोप्दै सुटिङ अगावै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने गर्छन् । केकीले पनि यही बाटो पछ्याएकी छिन् । २२ औं दिनमा छायांकन भैरहेको फिल्मको सुटिङ सेटबाटै केकीले आफ्नो आधिकारीक फेसबुकमार्फत ‘कोहलपुर एक्सप्रेस’लाई २०७५ को बैशाख १४ गते प्रदर्शन गर्ने उद्घोष गरेकी छिन् ।
खबर एक्सप्रेस