आज:  | Mon, 15, Aug, 2022

सुमिना घिमिरेले विवाह गर्दै

२०७४, ५ मंसिर मंगलवार १२:११ मा प्रकाशित ( ४ साल अघि) २९५२० पाठक संख्या

अभिनेत्री सुमिना घिमिरेले आज विवाह गर्दैछिन् । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा उनको बैबाहिक कार्य चलिरहेको छ । मिडियालाई खबर नगरी सुमिनाले पाईलट रोशन सापकोटासँग विवाह गरेकी हुन् ।

फिल्म क्षेत्रबाट टाढिने सोच बनाएकाले सुमिनाले फिल्मकर्मीलाई पनि विवाह समारोहमा डाकेकी छैनन् । बिहे समारोहमा आफन्तसहित उनका निकट मानिने साथीहरू मात्र उपस्थित छन् ।
सुमिनाले अभिनय गरेको फिल्म ‘भिमदत्त’ शुक्रवारबाट रिलिज भईरहेको छ भने ‘माला’ चैत्र ६ रिलिज हुँदैछ । बिवाह हुने पक्का पक्की भएपछि उनी फिल्म क्षेत्रबाट टाढा हुदै आएकी छिन् ।
खबर एक्सप्रेस