आज:  | Mon, 15, Apr, 2024

२०१८ मा हेर्नैपर्ने १० बलिउड चलचित्र

२०७४, १९ पुष बुधबार १२:०७ मा प्रकाशित ( ६ साल अघि) ३७०९३ पाठक संख्या

हरेक वर्ष जस्तै, २०१८ मा धेरै फिल्महरुले सिनेमा हलहरु भर्ने छन्। त्यसैले, जान्नुहोस् तपाईंको पैसा कहाँ राख्नु हुन्छ।

यहाँ यस साल हेर्नै पर्ने बलिउड चलचित्रको सूची छ:

• “Pad Man”: २६ जनवरी अरु कसैको होइन, अक्षय कुमारको दिन रहेको छ। म आफ्नो पैसा अतुणाचलन मुरुगनानथमको यस दिल-वार्मिंग सागामा राख्दछु, जसले आफ्नो इज्जत जोखिममा राखी सेनेटरी न्याप्किन बनाएका छन्। “Pad Man” आर. बल्की द्वारा निर्देशित फिल्म हो।

• ‎”Sonu Ke Titu Ki Sweety”: लभ रञ्जनले डिरेक्ट गरेको यो फिल्ममा ब्रोमान्स र रोमान्सको भिडन्त देखाइएको छ। फेब्रुअरी ९ गते भ्यालेन्टाइनस्को महिना पारेर रिलिज हुनेछ।

• ‎”Hichki”: यस फिल्ममा रानी मुखर्जी एक शिक्षिकाको भूमिकामा रहेका छन् जो एक न्युरोलजिकल असक्त हुन्। यो एक प्रेरणात्मक कथा हो।

• ‎”Sanjay Dutt’s Biopic”: राज कुमार हिरानीको निर्देशित यो फिल्ममा रणवीर कपुर संजय दतको भूमिका निर्वाह गर्दैछन। मार्च को ३० गते आउने भनिएको छ।

• ‎”October”: शिर्षक अक्टोबर रहे पनि रिलिज भने अप्रिल मा हुँदैछ। यो फिल्ममा भरुण धवनलाई लिईएको छ र डिरेक्टरले भने अनुसार यो एक असामान्य लभ स्टोरीको फिल्म हो।

• ‎”2.0″: रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सन रहेको यो फिल्म रोबोटको सिक्वेलमा बनेको हो। अक्टोबर मा रिलिज हुने भनिएको छ।

• ‎”Veere Di Wedding”: यस फिल्ममा करिना कपूर खान र सोनम कपूर रहेका छन्। मे १८ मा रिलिज हुनेछ।

• ‎”Fanne Khan”:  एक प्रसिद्ध गाएकको रुपमा खेलेका ऐश्वर्य राय बच्चनलाई अर्को एक गाएकको पिता (अनिल कपुर) ले अपहरण गर्ने छ – एक अत्यन्त असामान्य परियोजना लिएर ऐश्वर्य र अनिललाई “ताल” पछि फेरि नजिक ल्याएको छ। जुन १५ मा रिलिज हुनेछ।

• ‎”Gold”: अक्षय कुमारको २०१८ मा फेरि अर्को फिल्म आउनेछ जुन भारतको हक्कीको इतिहासको आधारमा हुन्छ।

• ‎”Super 30″: “सानदार” को डिरेक्टर विकास वलले यो फिल्म डिरेक्ट गर्ने छन्। गणितको खुफिया अनन्द कुमारको भूमिकामा ह्रितीक रोशनले निर्वाह गर्दैछन। नोभेम्बर २३ मा रिलिज हुनेछ।

• ‎”Zero”: साह रुख खानले होचो मान्छे बनेका छन् यस फिल्ममा। २०१८ को क्रिसमस तिर यो फिल्म रिलिज हुनेछ।

खबर एक्सप्रेस