आज:  | Wed, 27, Mar, 2024

सफलताका सुत्र : चाणक्य !

२०७६, ५ जेष्ठ आईतवार १२:०१ मा प्रकाशित ( ४ साल अघि) ४६५५८ पाठक संख्या

चाणक्य का विषयमा आज पनि मानिस भन्ने गर्दछन् कि; उनी पुरानो जमानाका एक राजनीतिज्ञ थिए I उनी राजा चन्द्र गुप्त मौर्यका प्रमुख सल्लाहकार र प्रधान मन्त्रीका रूपमा रहेर पनि काम गरेका थिए I आज पनि उनका धेरै सिद्धान्तहरू निकै नै उपयोगी छन् I तिनै चाणक्यका नौ शक्तिशाली जीवन अध्याय लाई बुझ्न सके हामीले पनि आफ्नो जीवन लाई सफलता मुखी बनाउन सक्छौ I

 

 

१) आफ्ना रणनीति हरू अथवा गर्न लगिएका काम को गोपयानियता राख्ने बानी गर्नुहोस् I हामी जब कुनै नयाँ काम गर्ने सोच बनाउँछौ तब हाम्रो दिमागले डोपोमिन नामक केमिकल उत्पादन गर्छ र त्यसले काम गरे सँगै हामी आफ्नो लक्ष प्रति क्रियाशील रहन थाल्छौ I यदि हामी सबै लाई आफूले गर्न लागेको काम का बारेमा सुनाउन थालेउ भने त्यसको मनोबैज्ञानिक असर हाम्रो मस्तिष्कमा पर्न जान्छ र लक्ष प्रति हामी निस्कृय हुन् थाल्छौ I

२)  हरेक दिन थोरै भए पनि नयाँ कुरा निरन्तर सिकी रहनुहोस् I आफ्नो ज्ञान लाई थोपा बाट समुन्द्र बनाउने प्रयास गरिरहनुहोस् I

 

 

३) आफूलाई पायक पर्ने स्थान ( कमफट जोन ) बाट बाहिर निस्केर काम गर्नुहोस् I चाणक्यका अनुसार हामीले आफूलाई उपयुक्त स्थान भन्दा बाहिर निस्केर काम गर्दा नयाँ कुरा सिक्न र उपलब्धि हासिल गर्न सकिन्छ I त्यसैले गर्न मन लागेका कामहरू पनि गर्ने बानी बसाल्नुहोस् I

४) अनुशासन, मर्यादा जस्ता विषय सिक्नुहोस् I यसले तपाईँ लाई जीवनका हरेक चरणमा साथ दिने छन् I

५) आफ्ना हरेक आवश्यकता निम्ति अन्य कसैको भर पर्न छाड्नुहोस् I आफ्ना त्यस्ता आवश्यकताका निम्ति स्वयम् प्रयास गर्ने बानीको विकास गर्नुहोस् I

६) आफ्नो दिमागी क्षमता वृद्धि गर्नुहोस् I सफलताका निम्ति शारीरिक रूपमा मोटो या पातलो हुनुहोस् तर दिमागी रूपले लेज रहनु अत्यावश्यक छ I

७) किताब पढ्ने बानी बसाल्नुहोस् I हामीले हरेक पल्ट जति पनि गल्ती गर्छौ I धेरै जसो गल्ती हामी थाहा नपाइ गर्ने गर्छौ I यही हामीले आफू गर्न लागेको काम या विषय प्रति राम्रो ज्ञान समेट्न सके त्यस्ता गल्तीहरू निरन्तर कम हुँदै जान्छन् I

प्रस्तुती : ईश्वर लुइँटेल

खबर एक्सप्रेस