आज:  | Sat, 23, Mar, 2024

‘मेरो गाउँ, मेरो ठाउँ’ को दोस्रो संस्करण फेरी आउने

२०७६, २४ असार मंगलवार ०३:५५ मा प्रकाशित ( ४ साल अघि) ३३२२८ पाठक संख्या

‘मेरो गाउँ, मेरो ठाउँ’ को दोस्रो संस्करण सँगै फेरी आउने भयकोछःअाफ्नाे गाउँठाउँमा भएका साना,महत्व बाेकेका तर अाेझेलमा परेका स्थान,भेषभुषा,खानपानका परिकार ,कला,संस्कृति, प्राकृतिक उपहारहरुलाइ उजागर गर्ने उद्देश्यले देशभक्त युवाहरुकाे समुहकाे संस्था We Will Rise Foundation ले काठमाण्डाैमा भिडियाे च्यालेन्जकाे अायाेजना गरी स्थानीय युवाहरुलाई सम्बृद्धीकाे मार्गमा अग्रसर गराएकाे छ !
साे कार्यक्रमकाे उदघाटन गर्दै माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पाेखरेलले स्वस्फुर्त रुपमा युवाहरुले अाफ्नाे गाउँठाउँलाई चिनाउनकालागी गरेकाे प्रयास देखेर अाफु ज्यादै प्रभावित भएकाे र यस अभियानमा सहभागि युवाहरुलाई सलाम गर्दछु भन्नु भयाे ! कार्यक्रमका प्रमख अतिथि माननीय उप प्रधानमन्त्रीले अाउँदाे भिजिट नेपालमा यस्तै प्रकारका कार्यक्रम गर्नुपर्ने ताकी यसबाट अान्तरिक पर्यटनमा प्रबर्धन पुग्ने उल्लेख गर्नुभयाे !
कार्यक्रमलाई सम्बाेधन गर्दै राष्ट्रिय सभाका सदस्य माननीय काेमल अाेलिले we will rise video challenge का विजयीहरुलाई बधाई र सहभागिहरुलाई धन्यवाद दिनु भएकाे छ !
wewillrise foundation ले मुलुकका प्रत्येक गाउँठाउँ चिनाउनकालागि गरिएकाे भिडियाे च्यालेन्जले देशभरका लुकेर रहेका र अाेझेलमा परेका सांस्कृतिक र प्राकृतिक पर्यटन स्थलहरुलाई देश भित्र र देश बाहिर फैलाउन सफल भएकाे दावी गर्नुभयाे ! माननीय अाेलिले भिजिट नेपाल 2020 काे पुर्व सन्ध्यामा भएकाे यसकिसिमकाे कार्यक्रमले भ्रमणवर्षलाई सफल बनाउन सघाउने बताउनु भयाे ! वहाँले July 1 अब सँधै wewillrise day काे रुपमा रहने र यस किसिमका कार्यक्रम गर्दैजानेमा अाफु अाशावादी रहेकाे पनि बताउनुभयाे ! उहाँले यसमा सहभागि वि विल राईजका फाउण्डर तुलसी गुरुङ कार्यक्रमका काेअर्डिनेटर निर्मल श्रेष्ठकाे नेतृत्वकाे सम्पुर्ण टिमलाई देशकाे सेवा गरेकाेमा अाभार व्यक्त गर्नु भयाे !
कार्यक्रममा wewillrse का फाउन्डर तुलसी गुरुङले विदेशमा बसेर पनि देशकाे सेवा गर्न पाउँदा सबैभन्दा खुसी त्यसैमा मिल्ने धारणा राख्नु भयाे !
wewillrise का कार्यक्रम संयाेजक निर्मल श्रेष्ठले पहिलोपटक आयोजित प्रतियोगितामा आफ्नो गाउँठाउँप्रति देखाउनु भएको अगाध स्नेह र सर्मपणले अाफुलाई अझ बढी उत्साहित र जिम्मेवारबोध महसुस गराएको बताउनुभयाे !
यो अभियानलाई सार्थक र सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्दै‘मेरो गाउँ, मेरो ठाउँ’ को दोस्रो संस्करण सँगै फेरी आउने प्रतिबद्धता जनाउनु भयाे !             श्रोत: माननिय कोमल वलीको सचिवालय

खबर एक्सप्रेस