आज:  | Sun, 14, Apr, 2024

भेनेजुएलाका राष्ट्रपतिका छोरालाई लाइन लागेर भेटे पूर्वप्रधानमन्त्रीहरूले

२०७६, ३ श्रावण शुक्रबार १७:०८ मा प्रकाशित ( ४ साल अघि) ३६०९१ पाठक संख्या

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरासँग नेपालका पूर्वप्रधानमन्त्रीहरूले लाइन लागेर भेट गरेकोमा अहिले तिब्र असन्तुष्टि र बिरोध आएकोछ नेकपाका युवा नेता एवम् केन्द्रीय सदस्य सूर्य थापाले फेसबुकमा लेख्दै पूर्वप्रधानमन्त्रीहरूले भेनेजुएलाका राष्ट्रपतिको छोरालाई लाइन लागेर भेट्ने कार्य पदीय हैसियत र कुटनीतिक मर्यादा विपरितको कार्य भएको जनाएका छन् । युवा नेता थापाले पूर्वप्रधानमन्त्रीहरूले भेनेजुएलाका राष्ट्रपतिको छोरालाई लाइन लागेर भेट्ने कार्य पदीय हैसियत र कुटनीतिक मर्यादा विपरितको कार्य भएको जनाएका छन् । निकोलस मोदुरोका छोरा अर्नेस्टो मादुरोलाई पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका थिए । पूर्वप्रधानमन्त्री जस्ता व्यक्तित्वले राष्ट्रपतिको छोरालाई कुन हैसियतमा भेटेका हुन् भन्ने कुरा अहिले नेकपाका नेताहरूले प्रश्न उठाएका छन् ।उनी नेपाल आउँदा ३–३ जना पूर्व प्रधानमन्त्रीले भेट गरेको सुहाएन भन्दै थापाले फेसबुक स्टाटसमा लेखेका छन्, ‘सल्लाहमा एकजनाले भेटेको भए असारमा देउसीभैलो खेलिएजस्तो हुँदैनथ्यो ।’

सचिवालयका ९ जना मध्ये ५ जना सचिबालय सदस्यहरूले बहुमत पु-याएर घरघरमा भेट गरेको देख्दा भेनेजुएलाको प्रतिनिधिमण्डल आफैलाई कस्तो कुरीकुरी लाग्यो होला ?’, नेकपाका नेता थापाले उल्लेख गरेका छन् । अध्यक्ष र विदेश विभागका तर्फबाट पार्टी कार्यालयमा भेट गरिएको भए सरल, स्वभाविक र सामान्य हुन्थ्यो होला’, उनले भनेका छन् ।‘हाम्रा नेताहरू यति फुर्सदिला छन् भन्ने यो सटिक दृष्टान्त बनेको छ’, उनले भनेका छन्, ‘किनकि स्वयं त्यहाँका राष्ट्रपति नै आएको भए कमरेडहरू के–के गर्थे होलान् ?’

नेकपाका नेता थापाले ‘काँचो सुन्तला नखाँदै यो चाल खाए कुन चाल ?’ यही गीत काफी हुन्छ भनेर व्याङ्ग्य गरेका छन् । ‘काँचो सुन्तला नखाँदै यो चाल खाए कुन चाल ? यी गीत काफी हुन्छ भेनेजुएलाको प्रतिनिधिमण्डल र हाम्रो नेतृत्वको ताल हेर्न र बुझ्न’, उनले भनेका छन् । ‘हामी नेपालीहरूले आफ्नो शिष्ट र मर्या्दित व्यवहार तय गरेर नै संस्थागत कार्यशैली व्यवस्थित गर्न ध्यान दिनुपर्छ । र, यो कुरा हामीले गर्ने हरेक व्यवहारमा झल्किन सक्नुपर्छ’, थापाले भनेका छन् ।

यो कार्य निन्दनिय भएको पार्टीका अन्य नेताले बताय ! 

खबर एक्सप्रेस