आज:  | Fri, 22, Mar, 2024

बागमती नदी माछाहरू देखीन थाले

२०७६, ३२ श्रावण शनिबार २१:०३ मा प्रकाशित ( ४ साल अघि) ४१७६८ पाठक संख्या

वाग्मती सफाइ अभियानको ३२७औं हप्ताको अभियान आज सम्पन्न भएकोछ

यसै क्रममा आज दिउसो बागमती नदी किनारमा अनुगमन गर्दै गर्दा थापाथली पुल नजिक बागमती नदीमा करीब आधा किलोको जुँगे माछा भेटिएको र माझीले बागमती नदीमा नियमित माछा मार्ने गरेको कुरा सुनाए भन्दै अभियन्ता चक्र बहादुर चन्दले सामाजिक संजालमा खुशी ब्यक्त गरेका छन् 

२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महा अभियान हालसम्म पनी निरन्तर संचालनमाछः 

कलकल र कञ्चन बग्ने वाग्मती बनाउने अठोट लीयर अभियन्ता लागी परेका छन् अहिले वाग्मती सफा पनि भएको छ । तर आर्यघाटदेखि तल नुहाउनयोग्य अझै भएको छैन । हालसम्म अभियानमा संलग्न करीब १० लाख स्वयंसेवीबाट १८ हजार मेट्रिक टन ठोस फोहोर नदीबाट निकालि सकेको अभियन्ता बताऊँछन ।

ढलको समस्या र सुकुम्बासी व्यवस्थापनको समस्यामा सरकारले ठोस् रुपमा काम गर्न नसकेको कारण महाअभियानलाई केही समस्या देखा परेका छन् तर पनी यो महा अभियानका कारण देशैभरि नदीनाला सफा गर्ने उत्प्रेरणा जगाएकोछ । काठमान्डुका १४ स्थान र राजधानीबाहिर १०० स्थान भन्दा बढीमा नदी सफाइ अभियान सञ्चालन भएका छन, यो स्वत:स्फूर्त सामाजिक अभियान हो ।

स्थानीयलाई सफाइमा परिचालन गरेर र जसले फोहोर गरेका छन्, तिनैलाई सचेत गराएर मात्र वाग्मती सफाइ महाअभियान सफल पार्न सकिन्छ भन्नेमा अभियन्ता ढुक्क छन् l 

नदीनाला देशका सभ्यताका मुहान हुन् । तिनलाई फोहोरमा परिणत गरेर हामी आफ्नै सभ्यतामाथि प्रहार गरिरहेकाछौं । भन्ने तर्फ अभियान सचेत रहेको कुरा अभियन्ताहरू बताउनु हुन्छ !

खबर एक्सप्रेस