आज:  | Tue, 16, Apr, 2024

प्रधानमन्त्री के.पी. ओलीले प्रचण्डलाई भने अब पाँच वर्षसम्म मै सरकार चलाउँछु, मन्त्रिपनि परिवर्तन गर्दिनँ

२०७६, २३ असार सोमबार ०२:३४ मा प्रकाशित ( ४ साल अघि) ३५८६० पाठक संख्या

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय भइरहेका छलफलहरु देश बनाउने भन्दा पनि आफ्नो शक्ति बाँडफाँटमा पुगेर अड्किने गर्छ ।
दैनिकजसो भेट भइरहन्छ र तीन चार घन्टासम्म छलफल चल्छ तर सहमति जुटदैन प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यले भने।

श्रोतका अनुसार प्रचण्डले पार्टी एकीकरणका बेला आफूहरूबीच भएको सहमति कार्यान्यवन हुने गरी जाऔं भनिरहेका छन उहाँले पार्टीमा आफ्नो ठाउँ खोजिरहनुभएको छ, पार्टिको अध्यक्ष भएर पनि अहिलेसम्म बैठकको अध्यक्षता समेत गर्न नपाएको ठुलो गुनासो गरेका छन् त्यति मात्रै होइन प्रधानमन्त्रीले अहिले सबै कुरा ठिकै चलिरहेकाले पाँच वर्ष मलाई नै प्रधानमन्त्री चलाउन दिन प्रचण्ड लगायतलाई सँग आग्रह गरेका छन्। प्रधानमन्त्रीज्यूको यो जवाफबाट प्रचण्ड सशंकित भएका छन, उनीहरुबीच विश्वासको संकटले गर्दा छलफल जति लामो भए पनि टुंगोमा पुग्न सकिरहेको छैन।

प्रधानमन्त्रीले प्रचण्डसँग अहिले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने भनीसकेका छन्ब बरू प्रधानमन्त्रीले सबै मन्त्रीहरूलाई आफ्ना मन्त्रालयका आगामी वर्षका कार्ययोजना यही असार २५ गतेसम्ममा पेश गर्न निर्देशन दिएका छन्।

‘प्रधानमन्त्री र प्रचण्डबीच नै पावरको कुरा नमिलेपछि पार्टी एकीकरणको प्रकृया असार मसान्तसम्म नसकिने भएको प्रचण्डनिकट स्थायी समिति सदस्यले भने।

खबर एक्सप्रेस