आज:  | Thu, 18, Apr, 2024

नेशनल अवार्डको तिब्र बिरोध

२०७६, २७ असार शुक्रबार ०७:२१ मा प्रकाशित ( ४ साल अघि) ३३६७६ पाठक संख्या

नेशनल अवार्डको तिब्र बिरोध 

बिगत ३ बर्षदेखी नगरेको नेशनल अवार्ड एकमुस्ट आज सितलनिवासमा हुँदैछ बिगत ३ बर्षदेखी बितरण नभएको अवार्ड आज बितरण हुँदैछ यो आँफैमा पनि लज्जास्पद हो  यसको बिरोध गर्दै सामाजिक सन्जालमा तिब्र बिरोध भैरहेकोछ आफ्नो सामाजिक सन्जाल बिरोध गर्दै निर्मल शर्मा लेख्छन अहीले देश चारैतिर लथालिड्ग अस्तबेस्त बेथीती भ्रष्टाचारले ब्याप्त छ र तेसमाथी जिम्वेबार बेक्तीहरुको उदेक लाग्दो गैरजिम्वेवार पुर्ण स्पष्टीकरण र भनाईहरु बाट जनताहरु वाक्क दिक्क छन,म चलचित्रकर्मी भन्दा पहीले एउटा चेतनशील नागरिक हुँ उता युवा स्टार प्रदिप खड्का देस बाहिर छन अवार्ड बारे अनबिग्य छन् अधिकांस सिनियर कलाकारले अवार्ड बारे प्रतिकृया माग्दा अवार्डको नामै सुन्न चाहेनन उता सामाजिक अभियन्ता चक्र बहादुर चन्दले पनि सामाजिक सन्जालमा लेख्दै जसरी आईफाको नेपालमा चर्चा भो मीडिया कभरेज भयों खै त यत्रो नेशनल अवार्डको चर्चा ? योगदान दीने कलाकारलाई भेला गरी उत्सव मनाऊनु पर्दैन ? दरबारिया शासनमा कलाकारलाई ठाऊ ठाऊमा खान तलासी गरी खुम्चीयको सानो हलमा नेशनल अवार्ड गर्नु दुःखद हो यो दरबारमा हुने अवार्ड हो कि यकछिनको रमझम हो ? सिने उधोगमा करोडौ ख़र्च गरी सिनेमा बनाऊने मेकरलाई त झन यहाँ मूर्ख बनाउने काम भै रहेको छः खै स्थान कहाँ छ ? २/४ जना ऊफ़्रेर गरेको अवार्डको कुनै तुक छैन २/४ जना ब्यक़्तीको निर्णयले दिने अवार्डले अर्थ राख्दैन भनेकोका छन्   उता अहिलेका चर्चित युवा स्टारहरुले पनि तिब्र असन्तोष राखेका छन् 

खबर एक्सप्रेस