आज:  | Fri, 29, Mar, 2024

आर्यन सिग्देल ‘स्टार कि कलाकार’ ?

२०७४, २६ आश्विन बिहीबार ०५:५८ मा प्रकाशित ( ६ साल अघि) ३६६७९ पाठक संख्या

नायक आर्यन सिग्देलले थुप्रै हिट चलचित्र दिए । कुनै समय आर्यनकै लागि निर्माताले ६ देखि ८ लाखसम्म उनको पारिश्रमिकमा खर्चिए । आर्यनले पनि निर्माताले जति माग्यो त्यती रकम दिन थालेपछि मनलाग्दी चलचित्र खेलिदिए ।

अहिले उनको स्टारडम निकै तल झरेको छ । केही बर्ष अगाडिसम्म त आर्यनलाइ नेपालकै नम्बर १ नायकको रुपमा हेरिन्थ्यो । तर, स्टारडम खस्किदै गएपछि भने चकलेटी हिरोले आफ्नो बचाउ गरेका छन् ।

आर्यनले आफू कहिल्यै पनि स्टार नभएको सुनाएका छन् । स्टारडम खस्किएको बिषयमा कुरा गर्दै आर्यनले मिडियासँग भने-‘मैले कहिल्यै पनि आफूलाई स्टार भनिनँ । म एउटा कलाकार हुँ ।’ आर्यनले आफूले सधै चलचित्र राम्रो बनोस् र चलचित्र क्षेत्र उभो लागोस् भनेर काम गरेको समेत स्पष्ट पारे ।

आर्यनले हलमा एक जना दर्शक आएर आफ्नो चलचित्र हेरुन्जेलसम्म चलचित्रमा काम गर्ने सुनाए । अहिले आर्यनलाई हेर्न हलमा दर्शकको उपस्थिती कमजोर बन्दै गएको छ । कुनै समय आफूलाई नेपालको नम्बर १ नायक भन्दै चर्को पारिश्रमिक लिएका आर्यन अहिले स्टारडम कमजोर भएपछि आफू कलाकार मात्र भएको बताइरहेका छन् ।

खबर एक्सप्रेस