आज:  | Fri, 22, Mar, 2024

आर्यन र रेखा यसरी एकसाथ ‘रुद्रप्रिया’मा जोडिए

२०७४, २६ आश्विन बिहीबार ०८:३५ मा प्रकाशित ( ६ साल अघि) ४२९७१ पाठक संख्या

नायक आर्यन सिग्देल र नायिका रेखा थापाको सम्बन्ध ३६ को आँकडामा थियो । न त, रेखा आर्यनसँग काम गर्न चाहन्थिन्, न त आर्यन रेखासँग नै । करिब ८ बर्ष लामो पानी बाराबारको सम्बन्धलाइ एकसाथ पर्दामा उतार्न त्यती सहज थिएन । तर, चलचित्र ‘रुद्रप्रिया’का निर्देशक सुदिप भूपाल सिंहले रेखा फिल्मस्मा आर्यनलाइ भित्राउन सकेको खण्डमा चलचित्रलाइ पनि फाइदा पुग्ने भनेर सोचेका थिए । रेखालाइ सुदिपले कन्भिन्स पनि गराए ।

तर, आर्यनले भने रेखासँग कुरा गर्ने भन्ने वित्तिकै फोन काटिदिएका थिए । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा डेढ घन्टा ढिलो आइपुगेकी रेखाले भनिन्-‘तर, चलचित्रका निर्माता एमके पौडेलले आर्यनलाइ कन्भिन्स गराएपछि यो संभव भएको हो ।’

यता, नायक आर्यन सिग्देलले पनि नायिका रेखा थापासँग आफ्नो सम्बन्ध कहिल्यै नराम्रो नभएको बताए । उनले एउटा राम्रो टिम अगाडि आएपछि काम गर्न मन लाग्ने सुनाए । चलचित्रको बक्स अफिस कारोबारले आफूलाइ कुनै पनि किसिमको फरक नपार्ने भन्दै आर्यनले दर्शकले चलचित्र हेर्दा आफ्नो कामलाइ रुचाएको खण्डमा पुग्ने बताए ।

निर्देशक सुदिपले ‘रुद्रप्रिया’मा रेखा र आर्यनको जोडीलाइ कलात्मक तरिकाले प्रस्तुत गरेको सुनाए । कात्तिक २ गतेबाट रिलिज हुने यो चलचित्रले महिला हिंसाको विरुद्धमा आवाज उठाएको छ । चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

खबर एक्सप्रेस