आज:  | Fri, 12, Apr, 2024

स्याबास चिरिबाबु ! मेयरलाई गाडी नकिनी त्यो पैसाबाट किने रिङरोडका बिरूवालाई पानी हाल्ने ट्यांकर

२०७६, ६ श्रावण सोमबार २२:४४ मा प्रकाशित ( ४ साल अघि) ३५११० पाठक संख्या

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन अली फरक खाले ब्यक्ती हुन यिनै मेयर पुरानो छ चढ्ने गाडी २५ वर्ष पूरानो छ गाडी मर्मत गर्दा हैरान भएर महानगरपालिकाले मेयरका लागि नयाँ गाडी किन्न भन्दै यसपटक करिब ६० लाख रुपैयाँ बजेट बिनियोजन गर्‍यो तर त्यो बजेटले मेयरले गाडी किनेनन अहिले देशका अधिकांश स्थानीय तहमा जनप्रतिनिधिहरुले लाखौंको गाडी किनेर चढ्ने होडबाजीछ यता मेयरज्यूले गाडी किन्न मान्नुभएन महानगरका प्रवक्ता राजु महर्जनले भने पूरानै गाडी भएपनी चढ्छु भर्खरै वृक्षारोपण गरिएका धेरै बिरूवा पानी नपाएर सुकेका मरेका छन बरु पानी हाल्न ट्याङ्कर किन्नुपर्‍यो भन्नुभयो, हामीले २ वटा ट्याङ्कर किनेकाछौ l 

गत असार १४ गते प्रधानमन्त्री केपी ओलीले बिरूवा रोपेर सुरू गरेको कोटेश्वर-कलंकी तथा कुपन्डोल लगनखेल खण्डका किनारामा रोपेका बिरूवा पानी नपाएर सुकेका मरेका छन्। बरू ट्यांकर किनौं र पानी हालौ भन्नुभयो र ट्यांकर खरिद गरेपछि बिरूवालाई मात्र होइन धुलो उडेका बेला सडकमा पानी हाल्न पनि सजिलो हुन्छ भन्नु भयो ll  

खबर एक्सप्रेस