आज:  | Sat, 23, Mar, 2024

वाग्मती सफाइ महाअभियानको ३२४अौ हप्ताको सफाइ अभियान सम्पन्न

२०७६, ११ श्रावण शनिबार २२:०७ मा प्रकाशित ( ४ साल अघि) ४२७७९ पाठक संख्या

लामो समय देखी संचालनमा आएको वाग्मती सफाइ महाअभियानको ३२४अौ हप्ताको सफाइ अभियान सम्पन्न भएकोछ !
२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महा अभियान देशको सबैभन्दा ठुलो र लामो अभियान हो! पहीला कञ्चन बग्ने वाग्मतीलाई पछील्लो समयमा लेदो बग्ने, ढल मिसाउने,गन्हाउने हुँदै आएकोमा बिगत लामो समय देखी असल नागरिकहरुको समुहले सफाइ अभियान संचालन गर्दै आएका छन् जसको कारण अहिले वाग्मतीमा केही परिबर्तनको आभास भैरहेकोछ !अहिले वाग्मती सफा हुँदै पनि आएको छ तर पानी नुहाउनयोग्य अझै भएको छैन । हालसम्म अभियानमा संलग्न करीब १० लाख स्वयंसेवीबाट १८ हजार मेट्रिक टन ठोस फोहोर नदीबाट निकालिएको कुरा अभियन्ताहरु बताउछन् !
ढलको समस्या र सुकुम्बासी व्यवस्थापनको ठुलो समस्याका कारण् ठोस् रुपमा काम गर्न नसकेकोले केही समस्याहरु देखा परेका छन् तर पनि यो महाअभियानका कारण अहिले देशैभरि नदीनाला सफा गर्ने उत्प्रेरणाका कार्यक्रम निरन्तर चलीरहेका छन् । काठमान्डौका करिब १४ स्थान र राजधानीबाहिर ९० स्थानमा भन्दा बढीमा नदी सफाइ अभियान सञ्चालन भएका छन !
स्थानीयलाई सफाइमा परिचालन गरेर र जसले फोहोर गरेका छन् तिनैलाई सचेत गराउने कारबाही गरे मात्र वाग्मती सफाइ महाअभियान सफल पार्न सकिन्छ भन्नेमा अभियन्ताहरुले विश्वास राख्दछन् तर स्थानिय सरकार खरो लाग्न सकेकोछैन,
नदीनाला देशका सभ्यता धरोहर हुन् । यिनलाई फोहोरमा परिणत गरेर हामी आफ्नै सभ्यतामाथि प्रहार गरिरहेकाछौं भन्ने तर्फ अभियानले सचेतना जगाउदै अाइरहेकोछ !
तस्वीर:अभियान्ताहरूको सामाजिक संजालबाट

खबर एक्सप्रेस