आज:  | Sun, 24, Mar, 2024

बहुचर्चित सिनेमा ‘प्रेमगीत ३’ को ९ जना कलाकार बारे जान्नूहोश

२०७६, २२ असार आईतवार १०:३१ मा प्रकाशित ( ४ साल अघि) ४०५२९ पाठक संख्या

[tps_footer][/tps_footer]

फ्लोरमा ननिस्किँदै फिल्म ‘प्रेमगीत ३’ को चर्चा हेर्दा यस्तो लाग्छ, यसले बक्सअफिसमा आँधी ल्याउँदैछ । दर्शकमा यतिबेला कुनै फिल्मको सर्वाधिक चासो छ भने त्यो यही फिल्म हो । एकपछि अर्को भित्रिएका नयाँ तथा पुराना कलाकारका कारण यो फिल्म छायांकन अगावै बहुप्रतिक्षीत बनेको छ ।
सम्पुर्ण युनिट अहिले वर्कसपमा लागि सकेका छन् । घोडसवारी,नृत्य,अभिनय, फाइट्, लगायतको बिषयमा ज्ञान लिन पर्ने भएकाले फिल्मका कलाकारहरु आफुलाई क्यारेक्टरका लागि तयार पार्न लागि परेका छन् । फिल्मका मुख्य पात्र ८ जना पुरुष र एक जना महिला कलाकार फाइनल भैसकेका छन् । दशै लगत्तै फ्लोरमा जाने भनिएको निर्माण टोली सेट्को काममा धमाधम लागिरहेका छन् ।

सन्तोष सेन
४ ओटा ठुलो बजेटको चलचित्र निर्माण गर्दै “प्रेम गीत २” मा एन्टागोनिस्ट भुमिका मार्फत दर्शक माझ् आएका थिए । यस् फिल्ममा पनि उनी एन्टागोनिस्टको भूमिकामा रहेका छन् । निर्माता तथा निर्देशक सेन अहिले फिल्मको स्कृप्ट फाइनल,सेट् बनाउने कामका साथसाथै उनी वर्कसपमा समेत सहभागी भैरहेका छन् ।

प्रदीप खड्का
अडिसन बाट आएर प्रेम गीतबाट नै मुख्य भूमिकामा उदाएका प्रदीप खड्का यस पटक पनि फिल्मको मुख्य भूमिकामा नै रहेका छन्। ‘प्रेम’ को ट्यागलाइन बनाइसकेका खड्का अभिनित यस फिल्मका २ सिरिज सफल सावित भएका छन् । त्यसपछी विभिन्न फिल्ममा अभिनय गरे पनि उनका अधिकांस फिल्मले भने प्रेम गीत सिरिजको साख् जोगाउन सकेन । यहि फिल्म मार्फत उनको सफल कम्ब्याकको अपेक्षा दर्शक साथै उनका सुभचिन्तक ले राखेका छन ।

कृष्टिना गुरुङ
“प्रेम गीत ३” का लागि २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा अनुबन्धित् भएकी क्रिस्टिना गुरुङको चर्चा अहिले कुनै सुपरहिट फिल्मको अभिनेत्रीको भन्दा कम छैन । उनी डेब्यू फिल्म रिलिज नहुँदै शहरिया युवापुस्तामाझ राम्रैसँग चिनीएकी छिन । उनको सुन्दरता र बोल्ने शैलीले धेरैलाई आकर्षित गरेको छ ।

मनिष राउत
फिल्ममा मुख्य कलाकारका लागि अर्का नवनायक मनिष राउत फाइनल भएका छन् । अडिसन मार्फत छानिएका उनी फिल्ममा ‘प्रेम’ को दाजु वा भाईको भूमिकामा देखिने चर्चा छ । पोस्टर सार्वजनिक भएसंगै चर्चामा आएका उनको बिदेशी लुक र गालाको डिम्पल कै कारण पनि फ्यान फलोइंग ह्वात्तै बढेको छ ।

शिव श्रेष्ठ
फिल्म ‘प्रेमगीत ३’ मा प्रदीपको बुवा अथवा राजाको रोलमा खेल्नका लागि फिल्म नगरीका ठूल्दाई शिव श्रेष्ठलाई उक्त रोलका लागि अनुबन्ध गरेको छ ।
एकादेशको काहानी भनिदै काल्पनीक पूरानो कथामा निर्माण हुन लागेको प्रेम गीत ३ मा शिवले राजाको भूमिका निभाउनेछन् ।

पुस्कर कार्की
नाटकमा अभिनय गर्दै आएका पुस्कर कार्कीले मण्डला थिएटरमा मन्चन गरिएका दुर्वासा,जालिनी लगायतमा अभिनय गरेका छन् । उनी विभिन्न फेसन शोमा समेत र्याम्प वाक गर्दै आएका छन् अडिसनको क्रममा प्रेमको डमी भुमिका निभाएका थिए त्यही समय उनी निर्देशक दृय छेतेन र सन्तोषको नजरमा परेका थिए ।

प्रेम पुरी
फिल्म जगतका सकारात्मक बिषय देखाएर नेपाली फिल्म जगतमा सन्तोष सेनलाइ भित्र्याउने श्रेय प्रेम पुरीलाई जान्छ । उनले सम्झिराख है फिल्मबाट डेब्यु गरेका हुन् ।त्यस पछि संखे पंखे चंखे, अध्याय लगायत फिल्ममा अभिनय गरेका छन् भने उनी यस फिल्ममा पनि देखिने पक्का भएका छन् ।

सुनिल थापा
फिल्ममा राते काइला नामले परिचित सुनिल थापा एक समय खलनायकका रुपमा नेपाली सिने जगतमा राज गरेका थापा बिभिन्न बलियुड तथा साउथ फिल्ममा पनि आफ्नो कला देखाईसकेका छन । प्रेम गीत ३ को कथा र आफ्नो चरित्रले तान्यो छोड्नै मन लागेन उनी भन्छन ।

अनुभव रेग्मी
बालस्टार भनेर चिनीएका बालकलाकार रेग्मी प्रेम को बाल भुमिका अर्थात सानो राजकुमारको भुमिका निभाऊनेछन् ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई मन्दिप गौतम र छेतेन गुरुङ लेखेका हुन,निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म सन्तोष सेनले निर्माण गर्ने छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ ।

खबर एक्सप्रेस