आज:  | Wed, 24, Apr, 2024

उप्रेतीको गैरकानुनी नियुक्ती

२०७६, ८ श्रावण बुधबार १०:१६ मा प्रकाशित ( ४ साल अघि) ३४८९१ पाठक संख्या

शिक्षण अस्पताल (टिचिङ) मा कार्यरत प्राध्यापक डा.रामप्रसाद उप्रेती झापाको बिएन्डसी मेडिकल कलेजको प्रमुख (प्रिन्सिपल) मा नियुक्त भएकोछन l
उप्रेतीले आइतबारदेखि बिएन्डसी अस्पतालको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका छन् ।
टिचिङ अस्पतालमा आगामी पुस ३ गतेसम्मको पदावधि भएका उनी अवकाश हुनुभन्दा ६ महिनाअघि नै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) सँग अनुमति नै नलिई बिएन्डसी मेडिकल कलेजको प्रिन्सिपलको जिम्मेवारी सम्हालेकाले त्यो गैरकानुनी हुने आइओएमका डिन प्रा.डा.जगदीश अग्रवालले बताय l
आइओएम अन्तर्गत काम गर्ने कसैले निजी मेडिकल कलेजमा गएर काम गर्नु गलत भएको बताय । टिचिङ अस्पतालमा आगामी पुस ३ गतेसम्मको पदावधि भएका उप्रेतीले अवकाश हुनुभन्दा ६ महिना अघि नै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) सँग अनुमति नै नलिई बिएन्डसी मेडिकल कलेजको प्रिन्सिपलको जिम्मेवारी सम्हाल पुगे फेरी त्यो विवादित कलेजले कुनै पनि विश्वविद्यालयबाट हालसम्म सम्बन्धन पाएको छैन, बिएन्डसीको प्रिन्सिपलको भूमिकामा काम गर्न उप्रेतीलाई त्रिविको कानुनले नदिने उनको भनाइ छ।
झापा चारपानेका उप्रेतीलाई आइतबार नियुक्तिपत्र हस्तान्तरण गर्दै बिएन्डसी अस्पतालका अध्यक्ष दुर्गा प्रसाईंले मंसिरमा आफ्नो कलेजले सम्बन्धन पाउने पनि दाबी गरेका छन्।
यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन्।

खबर एक्सप्रेस